News Update :

Live Traffic Feed

Hot News »
Bagikan kepada teman!

चिसापानी गाविसका माझी जातिको सामाजिक तथा सांस्कृतिक परम्परा

Penulis : NepaliTalim on Monday, February 25, 2013 | 10:22 PM

Monday, February 25, 2013

भोला कुमार श्रेष्ठ
परिचय 

काठमाडौंबाट ६२ माइल पूर्वमा जनकपुर अञ्चल, रामेछाप जिल्लाको चिसापानी गाउँ विकास समिति अवस्थित छ । यस गाविसको सिमाना उत्तरमा महादेवखोला र बफर खोला, पूर्वमा तामाकोशी, दक्षिणमा मुगिटार र पश्चिममा पुराना गाउँ गाउ“ विकास समिति पर्दछ । यस गाविसको कुल जनसंख्याको झन्डै बा¥ह प्रतिशत तल बेंसी तामाकोशीको छेउछाउमा बस्छन् भने बाँकी माथि पहाडमा नै बस्छन् ।

यस गाविसमा नेवार, ब्राéण, क्षेत्री, मगर, माझी, सार्की, कामी, दमाईं, सन्यासी, घर्ती, बादी आदि जातजातिका मानिसहरूको बसोबास रहेको छ । जातजातिअनुसार यिनीहरूको सामाजिक, सांस्कृतिक अवस्था फरक–फरक भए पनि परस्परमा भाइचारा, मित्रता र एकापसमा सहयोगको भावना पाइन्छ । यस लेखमा चिसापानी गाविसका पिछडिएका माझी जातिको सामाजिक र सांस्कृतिक परम्पराबारे विस्तृत रूपमा राख्ने प्रयास गरेको छु ।

माझी जातिको पृष्ठभूमि
नेपाल अधिराज्यभर छरिएर रहेका विभिन्न जातजातिमध्ये माझी जाति पनि एक हो । माझी जातिसँग समानता राख्ने जातिहरूमा दनुवार र दरै हुन् । यिनीहरूको संस्कृति, भाषा, भेषभूषा र लवाइ–खवाइमा समानता पाइन्छ । यो जातिका मानिसहरू तराईको जंगल र नदीको छेउछाउमा बस्छन् भने पहाडतिर पनि नदीको छेउछाउमा नै बस्दै आएको पाइन्छ । रामेछाप जिल्लाको तामाकोशीछेउछाउमा रहेका रजगाउँ, भटौली, गाईखुरा, जखनिटार आदि ठाउँमा माझीहरूको बाक्लो वस्ती छ । यी वस्तीहरू मध्यकालको भारतबाट जनकपुर, तीनपाटन हुँदै दोलखा भएर भोट (तिब्बत) जाने प्रमुख बाटोको रूपमा रहेका थिए । सन् १३२४ मा गयासुद्दीन तुगलकले सिमरौनगढ राज्य ध्वस्त पारेपछि त्यहा“का राजा हरिसिंहदेव भागेर यही बाटो भई दोलखा लागेका थिए, जुन इतिहासमा प्रमाणित भइसकेको छ । माझीहरूको डुंगा चलाउने, माछा मार्ने पेशाले गर्दा नै परापूर्वकालदेखि नै यी ठाउँहरूमा माझी जातिको वस्ती बसेको हुनुपर्दछ ।

चिसापानी गाविसका माझीहरू आफ्ना पुर्खा पश्चिम कुमाउ“गढी, डानडुन र काशीबाट आएको मान्छन् । यहाँका माझीहरूको भनाइअनुसार कुमाउ“ गढीबाट आएकालाई कुमाल, डानडुनबाट आएकालाई दनुवार र काशीबाट आएकालाई कुशवार भन्ने गरेका हुन् भनिन्छ । यिनीहरू आफूलाई रामका सन्तान अर्थात् कुशका वंश हौ“ भन्ने गर्दछन् । आर्थिक, राजनीतिक र शैक्षिक सबै दृष्टिले पिछडिएको यो जातिले आफ्नो परम्परागत सामाजिक चालचलन र संस्कृतिलाई अहिले पनि उत्तिकै महŒव दिएर मान्दै आएका छन् भने यिनीहरूले आफ्नो भाषालाई पनि जीवितै राखेका छन् ।

सामाजिक अवस्था
माझी जातिहरू विशेषगरी आफ्नै समुदायमा बस्न रुचाउँछन् । तराईका माझीहरूको सुनधँवा, कछारे, थरबोटे, कुसरबोटे, मुसरबोटे आदि थरहरू पाइएको छ भने यस गाविसका माझीहरूको तीनवटामात्र थर पाइएको छ– दनुवार, कुशवार र कुमाल । यी तीनवटै थरबीच एउटा के भिन्नता पाइएको छ भने, कुशवार थर हुने माझीले मात्र सुंगुर पाल्ने र त्यसको मासु खाने गर्दछन् । तर, दनुवार र कुमालले सुंगुरको मासु पनि खाँदैनन्, पाल्दा पनि पाल्दैनन् ।

माझी समुदायमा मिजार र गौरुङको विशेष भूमिका हुन्छ । माझीहरूको पुजारीलाई मिजार भन्छन् । माझीहरूकै भनाइअनुसार मिजार सरकारबाट नै बक्स पाएको पदवी हो । मिजारको मुख्य काम हो– पुरोहित्याइ“ गर्नु, तिरो उठाउनु र गाउँमा उत्पन्न झैझगडा मिलाउनु । मिजारमा अन्य कामबाहेक पुरोहित्याइ“ गर्ने काम अहिलेसम्म पनि चल्दै आएको छ । गौरुङ पनि सरकारबाट बक्स पाएको पदवी बताइन्छ । उसको मुख्य काम मिजारलाई सघाउनु हो । माझी समुदायमा गौरुङ मिजारपछि दोस्रो स्थानमा हुन्छ ।

नामकरण
माझीहरू बच्चा जन्मँदा साधारण विधिमात्र पूरा गर्छन् । बच्चा पाउनासाथ आमा हुने सुत्केरीले कोशीमा गएर नुहाउनुपर्दछ । कसैको तीन दिन, कसैको छ दिनको दिनमा न्वारन गर्छन् । यस बखत मामा र फुपूको भूमिका बढी हुन्छ । न्वारनको दिन बच्चाको नामकरण गरिन्छ । बच्चाको नाम राख्दा जन्मबारका आधारमा नामकरण गर्ने परम्परा छ ।

वैवाहिक संस्कार
यस गाविसका माझी जातिको विवाह प्रथा पनि आफ्नै किसिमको छ । यिनीहरूको विवाह आफ्नै जातिसँग सीमित छ । धेरैजसो यहाँका माझीका वैवाहिक सम्बन्ध रजगाउँ र भटौलीका माझीसँग हुन्छ । बुधबार माझीहरूको शुभ बार हो । केटी माग्न जाँदा पनि बु्धबार पारेर लमीलाई पठाइन्छ । विवाहको कुरो छिनिसकेपछि केटाको घरबाट केटीको घरमा सगुनको रूपमा जिउँदो बाख्रो एउटा, काटेको बाख्राको मासु, बीस रुपिया“ दाम, छब्बीस पाथी चामल, एक माना तेल, पाँच मुठी मसला, पाँचवटा कुखुरा, एक धार्नी अदुवा, एक धार्नी चना, एक धार्नी माछा र तयारी खानेकुरामा आठ पाथी चामलको जाँड, चार पाथी चामलको सेलरोटी, चार पाथी चामलको भोल्टा (चामल पिसेर डल्लो चुच्चे पारेर पकाएको रोटी) लिएर जानुपर्दछ । तर, आजकाल यस्तो परिपाटी बिस्तारै हराउँदै गए पनि विधि पु¥याएर लैजाने चलन भने अद्यापि छँदैछ ।

यसरी पहिलो चरण सकेपछि मिजार र गौरङले निकालेको साइतमा दमाईंहरूको पञ्चैबाजासहित जन्तीहरू दुलहीको घरतर्फ लाग्छन् । जन्तीमा दुईवटी केटी (दुलहीलाई साथमा ल्याउने), लमी र नातेदारहरू जान्छन् । लमी हुनेले भाला टेकेर जानुपर्दछ । यस बखत ठेकी कोसेली पनि लैजानुपर्दछ । ठेकी कोसेलीमा दुई पाथी अन्नको जाँड र दुई पेरुंगा माछा लिएर जानुपर्छ । जन्तीहरू दुलहीको घर पुगेपछि उनीहरूलाई राँगोको मासु, जाँड र भात खान दिइन्छ । केटीको घरमा खास विधि केही हुँदैन । मिजारले साधारण इष्टदेवताको नाममा पूजा गर्दछन् । दुलहीको बाबुले दुलही पठाउनुअघि छोरीलाई सम्झाएर यसरी अर्ती दिन्छन्ः

कुलो भाग्यो त समुद्र, चेली भाग्यो त माइत
उताको कुरा यता नआओस्, यताको कुरा उता नजाओस्
बाटैमा बिर्सनू ।
असल छोरी भए, माटोको भाँडो पनि तामाको सरी हुन्छ ।
कपूत छोरी भए, तामाको भाँडो पनि माटोको सरी हुन्छ ।
हिजो पनि सिरीजोरी कुटुम्ब
आज पनि सिरीजोरी कुटुम्ब
हिजो पनि कुश समाएर आयौ
आज पनि कुश समाएर गयौ
हंस भएर आयौ
पन्छीसरह भएर जाऊ ।

यसरी छोरीलाई उताबाट आएको लोकन्तीको साथ लगाएर बिदा गरी पठाउँछन् । दुलहीलाई घरबाट बिदा दिने बित्तिकै जन्तीले छाता ओढाएर दौडाएर लैजान्छन् । यस बखत मिजार र गौरङले बाटो छेक्न जान्छन् । उनीहरूलाई पैसा, सुर्ती आदि चीजहरू दिएर बाटो खुलाउँछन्, जुन मिजार र गौरङले आपसमा बाँडेर लिन्छन् । यस बखत केटीको बाबुले केटाको बाबुलाई यसरी माझी भाषामा भन्छन्–

‘खोजी मिली बैआलान्सी जुवाँरकर दोष
तुलाई बनाई बैख्वालान्सी बेतिरकर दोष
(खोजी मिली नल्याएमा ज्वाइ“को दोष, तुल्याई बनाई नख्वाएमा छोरीको दोष ।)

यसका साथै पोखरीको कमलको फूलजस्तो गरेर हुर्काइएकी हाम्री छोरी आजदेखि तपाईंहरूकी भई, छोरीजस्तै गरेर राख्नू भन्छन् । पञ्चैबाजासहित दुलही लिएर जन्ती दुलाहाको घर पुगेपछि दुलाहा र दुलहीलाई जग्गेमा बसाउ“छन् । जग्गे मिजारको विधिबाट चल्छ । दुलहीको सिँउदोमा दुलाहाले सिन्दुर हालिदिँदा केटीको मुख सेतो कपडाले छोपेर राखिदिने चलन छ । भोलिपल्ट बिहानै दुलाहा–दुलही कोशीमा गएर नुहाइधुवाइ गरी घर आएर ढोगभेट फुकाउँछन् । यसरी विवाहको विधि सकिन्छ । विवाहकै दिन दुलाहाको व्रतबन्ध गर्ने चलन छ । व्रतबन्ध गराउँदा केश खौरी हात र घाँटीमा पहे“लो धागोले बाँधिदिने चलन छ । माझी जातिमा बहुविवाह गर्ने प्रचलन त्यति छैन । यो जातिमा दुलाहाभन्दा दुलही बढी उमेरको विवाह गर्ने प्रचलन पनि छ ।

मृत्यु संस्कारः
यहाँको माझी समुदायमा मृत्युसंस्कार आफ्नै संस्कृतिअनुसार गरिन्छ । लासलाई नगाडी जलाइन्छ । तर, दुई–तीन वर्षका केटाकेटीलाई भने गाड्ने गरिन्छ । लास लिएर मलामी जाँदा मलामीहरूले एक डोको दाउरा र एक मुठी माटो लिएर जानुपर्दछ । यो जातिमा दश दिनसम्म मात्र आशौच बार्ने चलन छ । शुध्याइको सबै विधि मिजारले गर्दछ । मरेको दिनदेखि शुध्याइ गर्ने दिनसम्म लोग्नेमानिस मरेको छ भने टपरीमा सेतो कपडा र स्वास्नीमानिस मरेकी छ भने टपरीमा चोलोको कपडा राखी त्यसमा दिनका दिन आफूले जे खायो, त्यही चीज चढाउनुपर्दछ । लोग्नेमानिस मरेको हो भने टपरीमा तमाखु भरेर राख्ने चलन पनि छ । शुुध्याइ गरिसकेपछि आफ्ना दाजुभाइ र कुटुम्बलाई बोलाएर राँगोको मासु, जाँड र भोल्टा खुवाएर पठाइन्छ र कुटुम्बहरू आउँदा भोल्टा, जाँड र एक माना चामल ल्याउनुपर्दछ ।

मर्नेको छोरा, बुहारी, बाबुआमा आदिले सो¥हश्राद्धसम्म तीतेफापर, सिस्नु र परेवाको मासु बार्नुपर्दछ । काँचको डबकामा खानेकुरा खानु हुँदैन । यहाँका माझीहरूमा एउटा चलन के छ भने, सो¥हश्राद्ध नआई मृतकको शान्तिस्वस्ति सकि“दैन । सबै पितृकार्य सो¥हश्राद्धमा मात्र सक्छन् ।

सोह्रश्राद्ध
सोह्रश्राद्धमा यो जातिकाले तीन दिन पूरै चाडको रूपमा मनाउँछन् । मर्नेको नाममा श्राद्ध गरेर मनाउने शोक चाड भए पनि यसमा सबै केटाकेटी नाचेर मनोरञ्जन गर्छन् । बुधबार जाँड, रक्सी, भात, भोल्टा पकाउने, चढाउने, बिहीबार बाँसको टा“ड बनाई त्यसमाथि उक्त खाद्य पदार्थ राख्छन् र शुक्रबारको दिन राति तामाकोशीमा लगेर सेलाउँछन् । यस जातिले मृतात्मामा पूरा विश्वास गर्दछन् । त्यसैले, मृतात्माको नाउँमा विधि गर्दा मिजारले पूरा होसियारीपूर्वक गर्दछन् । कतै त्रुटि भयो भने मृतात्मा परिवारको कसैको जीउमा चढ्छ भन्ने विश्वास छ । मिजारले पूरा विधिअनुसार सोह्रश्राद्धध गरेपछि मात्र मृतात्माले छाड्छन् भनिन्छ । सोह्रश्राद्ध माझीहरूको स्वतन्त्र दिन हो । किनकि, यस दिन जसलाई जे पनि भन्न छुट छ । गाईजात्राको दिनजस्तै झुक्याउने, छक्याउने गर्छन् । माझीहरूले सो¥हश्राद्धमा बाजागाजासहित गाउने गीत यसप्रकारको छ

आज तोरी नाउँलाई चोखो बस्की पकाइले
स्वाद बनाई लाइछे भने हाँसी खुसी जाइवो
आमतो हकलछे भने अध्याँरो मुख लाई जाइवो
(आज तिम्रो नाउँलाई चोखो जाँड पकायौ, स्वाद बनाएर ल्यायौ भने हाँसीखुसी जाऊ, अमिलो भयो भने अध्याँरो मुख लाएर जाऊ)

चाडपर्व
माझीहरूले आफ्नो संस्कृतिको प्रतीकको रूपमा परम्परादेखि विभिन्न चाडपर्व मान्दै आइरहेका छन् । यिनीहरू पनि हिन्दु धर्म मान्ने हु्ँदा अन्य हिन्दुहरूले मान्ने चाडपर्वहरू नै विशेष मान्ने गर्दछन् । दशैंमा भगवतीको पूजा गर्नुका साथै भीमसेनलाई राँगो, बोका, कुखुरा, हाँस, भे“डा पञ्चबलि दिने गर्दछन् भने तिहारमा भैलो पनि खेल्ने गर्छन् । भैलो खेल्दा ढोलक, मादल, बजाउँदै गीतको लयमा हातखुट्टाको चाल मिलाएर नाच्ने गर्दछन् ।
भैलो खेल्दा गाउने गीत सः
नाच्न आयौ“, खेल्न आयौ“, हजुरको ढोकामा
पाँच रुपिया“ राखीकन दान गर
ढोलक र मादल बजायौ“
दोलखाको मूलघण्टा के बाजा घनन
पहिलो चरण देउतालाई भयो लौ फेरि भन न
सिरिसको पछ्यौरी ओढी, नाच न फनन
बन्दिपुरे उकालीमा हाँसेर खेल्दै जाऊ
ल्याउ तिम्रै काँकरी चिराई बनाई खाऊ
महाभारतको डाँडैडा“डा चल्यो हुलाकी
उसितै नक्कली भन्छे, लाइदेऊ न बुलाकी ।

मृतकको संख्याकै बराबर संख्यामा उनीहरूको नाममा मंसिर पूर्णिमामा कुखुरा काट्नुपर्दछ । कोशीपूजा माझीहरूको आफ्नै संस्कृतिमा हुर्केको चाड हो । कोशीपूजामा प्रत्येक घरबाट तामाकोशीमा कुखुरा बलि दिन्छन् । यस बखत पाठीको बलि दिई पकाई प्रसादको रूपमा जाँडसँग खान्छन् । वैशाख पूर्णिमामा वायुको पूजा गर्दछन् । वायु देवता प्रत्येक माझीको घरमा स्थापना गरिएको हुन्छ । उक्त देवता राखेको ठाउँमा अरू जाति र बिहे गरेका दिदीबहिनीहरू जानु हुँदैन । योबाहेक माझीहरू असार महिनामा बरदेऊ पूजा, जखनी पूजा, सोह्रश्राद्ध पितृपूजा, माघे संक्रान्ति, चैतेदशैं आदि पनि मान्छन् ।

केही प्रचलित माझी भनाइहरूः
माझी हकनार पनि एकमाना खाइनार
राजा हकनार पनि एकमाना खाइनार
पढाइनारतो, क्याति गराइछे
(माझीले पनि एक माना खाने हो, राजाले पनि एक मानामात्र खाने, पढेर मात्र के पाइन्छ र ।)

शिक्षासँग सम्बन्धित अर्काे एउटा रमाइलो कथा पनि छ । एक दिन राजाको चिठी मिजारलाई आएछ । निरक्षर मिजारले चिठी पढ्न जानेन । अरू कसैले पनि चिठी पढ्न नसकेपछि चिठीमा के लेखेको रहेछ भनेर विचार–विमर्श चल्यो । आखिरमा मिजार आफै“ले चिठीको अर्थ यसरी लगाएछ–
किरिमिरी करेता माछा पिरिङ्गो
स्वात तनाइछी उखुको लात्रो ।

किरिमिरीजस्तो देखिएको माछाको पिरिङ्गो भनेको होला र ठाउँ–ठाउँमा तानेको अक्षरचाँहि उखुजस्तो देखिएकोले उखु नै भनेको हुनुपर्दछ भनी उखु र माछाको पिरिङ्गो लिएर राजाकहाँ गएछ । नभन्दै, उक्त चिठीमा सोही कुरा लेखेको रहेछ । राजा खुशी भएर आफूले भनेको चीज ल्याइदिएकोमा पैसा दिएर पठाएछ । यी भनाइहरूबाट माझी जातिमा शिक्षाप्रतिको उदासीनतालाई प्रस्ट्याउँछ ।

सन्दर्भ सामग्री
1    इमेशकुमार– पूर्वी नेपालको माझी जातिको एक संस्कृति– हाम्रो संस्कृति, ३, पृष्ठ ५४–५६
2    सूचना विभाग, सञ्चार मन्त्रालय – मेचीदेखि महाकाली (मध्यमाञ्चल विकास क्षेत्र) भाग २, काठमाडौं, २०३१
3   चिसापानी जनकल्याण समाज– चिसापानी दर्पण, २०५८
4    श्रेष्ठ, भोला– ‘चिसापानी गाउँः एक परिचय तथा माझी जातिको विस्तृत अध्ययन’ संस्कृतिमा स्नातकोत्तर तहमा रा.वि.से. सम्बन्धी आंशिक आवश्यकता पूरा गर्न प्रस्तुत, २०३९

तयार पार्ने

भोला कुमार श्रेष्ठ
चिसापानी गा.वि.स
बडा नं. ५, रामेछाप
निवर्तमान अध्यक्ष,
नेपाल पुस्तकालय संघ
केसर लाईब्रेरी
comments | | Read More...

Usko

Penulis : NepaliTalim on Thursday, February 14, 2013 | 7:40 PM

Thursday, February 14, 2013

comments | | Read More...

Blogger news

Categories

About

Blogroll

 
Design Template by panjz-online | Support by creating website | Powered by Blogger